प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत प्राप्त

न्भेष्टाेपेपर । फागुन ३०, २०८०

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।

आजकाे बैठकमा २ सय ६८ जना सांसद उपस्थित थिए । जसमा प्रधानमन्त्री प्रचण्डलाई १ सय ५७ जना सांसदले पक्षमा मतदान गरे भने १ सय १० जनाले विश्वासकाे मतकाे विपक्षमा मतदान गरे । यस्तै १ जना सांसदले मत दिएनन् ।

पार्टीगतरूपमा हेर्दा कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *