प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण

न्भेष्टाेपेपर । मंसिर १०, २०८१

काठमाण्डाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ ।  

प्रधानमन्त्री ओलीले आठवटै टोलीका मार्की खेलाडीको रोहवरमा सुन्धारास्थित ऐतिहासिक धरहरालाई परिसरबाट ट्रफीको अनावरण गर्नुभएको हो । 

क्यानले एनपिएललाई विश्वको सगरमाथा जस्तै उच्च बनाउन ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुङ्गा राखेर थप महत्त्व बढाएको छ ।

एनपिएलका संयोजक एवं क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदा सगरमाथाको संरक्षण र प्रवर्धन गर्न विश्वमा सन्देश दिने उद्देश्यले ट्रफीमा कालापत्थरको ढुङ्गा राखिएको बताउनुभयो । 

ट्रफीमा प्रयोग गरिएको ढुङ्गा पर्वतारोही निमा शेर्पा र मिङमा शेर्पाले कालापत्थर क्षेत्रबाट काठमाडौँ ल्याउनुभएको हो । करिब तीन किलो तौल रहेको ट्रफी भारतको मुम्बई सहरका कालीगढले बनाएका हुन् ।

यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने एनपिएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच भिडन्त हुनेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *