वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह

न्भेष्टाेपेपर । जेठ २२, २०८०

काठमाडौँ : ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ । 

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । सो दिवस मनाउन थालेको ५०औँ वर्ष लागेको छ । 

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्यासँग जुँध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउन सहयोग पुग्ने बताउनुभएको छ । 

यसवर्ष वैश्विक जगतको सबैभन्दा महत्वपूर्ण वातावरणीय चुनौतीमध्येको एक प्लास्टिक प्रदूषणलाई  प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन लागिएको उल्लेख  गर्दै प्रधानमन्त्री दाहालले प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

प्लास्टिकको अत्यधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले महासागर ल्यान्डफिल साइट, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र जताततै प्लास्टिकको फोहरले भरिएको र मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पु¥याउने खतरा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको  छ । 

प्रत्येक वर्ष विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामग्री उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ । 

यसले पारिस्थितिक प्रणालीलाई असर पु¥याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा ‘प्लास्टिक पोलुसन ट्रिटी’सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो अध्यक्षतामा रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लैजाने दृढता व्यक्त गर्नुभएको छ । 

नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको कार्यक्षेत्रमा रहेको वातावरण संरक्षणको विषय सरकार, गैर ९सरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकारको यसमा आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ । 

प्रधानमन्त्रीले वातावरण क्षेत्रमा काम गर्ने सबैमा यस दिवसको नारालाई व्यवहारिक कार्यान्वयनमा एकतावद्ध हुन आह्वान गर्नुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *