मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

इन्भेष्टोपेपर ।  असाैज ०६, २०७७

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधानहुने भएको छ ।    
    
केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । विद्यमान व्यवस्था अनुसार विप्रेषण रकम बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए । नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकिने भएको हो ।    
    
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो । बैंकका अनुसार त्यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्थासँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ ।     
    
राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्थाका साथमा अतिरिक्त तोकिएको सर्त र सीमासहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकले विद्युतीय प्रणालीलाई थप विस्तार तथा विकास गर्ने लक्ष्यसाथ उक्त व्यवस्था लागू गरिएको जनाएको छ । नयाँ व्यवस्था पछि नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र बालेट सेवा प्रदान गरिरहेका संस्था वा कम्पनी मार्फत घरमै विप्रेषण प्राप्त गर्न सकिनेछ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *