सैनिक जीवनमा मायालुकाे सम्झना : “डाँडा पारि गाउँमा” सार्वजनिक (भिडियो सहित)
इन्भेष्टोपेपर । असाैज ०६, २०७७
सैनिक जीवनमा घरपरिवारकाे सम्झनालाइ समेटदै युवा पुस्तामा लोकप्रीय गायक राजेश सापकोटाको स्वरमा “डाँडा पारि गाउँमा” गीतको म्यूजिक भिडियो सार्वजनिक भएकाे छ । याे भिडियाेलाइ द बोस टिभि नेपालले युटुब च्यानल मार्फत सार्बजनिक गरेकाे हाे ।
रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा तयार पारिएकाे भिडियोमा एक सैनिकले देशको रक्षा खातिर आफनो जिउ ज्यानको बलिदान गर्दै घरबाट टाढा रहनुपर्ने परिस्थिति दर्शाइएकाे छ ।
हरपल आफ्नो याद गर्दै दिनरात काटिरहेकाे कल्पना गर्दै मायालुलाई जिवनको सुनौलो मायामा रमाउनको लागी आग्रह गरिएको छ । बाढी पैह्राेले बाटाे छेकेकाेले आउन नसकेकाे भन्दै चिट्ठी लेखेकाे दृश्य तथा आपसमा खुसी साटसाट गरेको दृश्यलाई गीतमा समाबेस गरिएको छ ।
यस भिडियोमा सन्तोष लामा , बविता तामाङ , सरोज शाही , अर्जुन थापा , बरुण थापा , दिपेश लामा , दिनेश सुनुवार , विवेक ठोकर र दिवा लामाको अभिनय रहेको छ ।
