पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा

इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ 

पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । राति भएको खेलमा आरबी लेइप्जिङलाई ३ शून्यले हराउँदै पीएसजी फाइनलमा पुगेको हो ।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

पीएसजीको जितमा मार्किन्होज, एन्जल डी मारिया र जुआन बर्नाटले एक एक गोल गरे । अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख र लियोनको खेल आज राति हुनेछ ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *