विश्व हिन्दू परिषद्को शुभचिन्तक अभियान शुरू

न्भेष्टाेपेपर ।  पुष २३, २०७९

काठमाण्डौ ।  विश्व हिन्दू परिषद् नेपालको १५ दिने शुभचिन्तक (सदस्यता) अभियान आजबाट शुरू भएको छ । परिषद्का देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको छ । पुष २३ देखि संचालित यस १५ दिने अभियानले १ लाख नयाँ शुभचिन्तक (सदस्य) बनाउने लक्ष्य लिएको छ ।

परिषद्ले प्रत्येक वर्ष जनसंग्रह अर्थात संस्थामा नयाँ सदस्य जोड्नको लागि यो अभियान संचालन गर्दै आएको छ । यस अभियानमा परिषद्का हरेक स्तरका कार्यकर्ताहरु परिचालन गरिन्छ ।
सम्पूर्ण हिन्दूहरुको मनमा हिन्दुत्वको भाव जागृत गराई संगठित गर्न हेतु विश्व हिन्दू परिषद स्थापनाकाल देखि नै हिन्दू समाजका सम्पूर्ण जातजाती, भाषाभाषी, लिंग, सम्प्रदायलाई लक्षित गरी अभियान संचालन गर्दै आएको परिषद्का राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले बताउनु भयो ।

राष्ट्र, धर्म र समाज रक्षा गर्न एवं नेपाल जस्तो पावन देवभूमीबाट धर्मान्तरण, गौहत्या, हिन्दूहरुको अपमान, शोषण, दमन, आतंकवाद, समाजिक भेदभाव, कुरिति, विदेशी घुसपैठ लगायतका विदेशी षडयन्त्रको अन्त्य गरी समरस, जागरुक तथा शक्तिशाली हिन्दू समाज निर्माण गरी गौरवशाली हिन्दू राष्ट्र निर्माण हेतु यस पवित्र अभियानमा सहभागिताको लागि विश्व हिन्दू परिषद् नेपालले सम्पूर्ण सनातन धर्मावलम्बीलाई आह्वान गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *