उल्टो जुत्ता किन नराख्ने, जुत्ता राख्ने र्‍याक कुन दिशामा फर्काउनु हुँदैन ?

इन्भेष्टाेपेपर । असाैज २४, २०७७

हाम्राे हिन्दू धर्ममा धेरै कुराहरू शुभ/अशुभ, सकुन/अपसकुनसंग जाेडिएका छन। कतै जुत्ताचप्पल उल्टिएको वा पल्टिएको देखे त्यसलाई सुल्ट्याउने गरिन्छ, जसलाइ अशुभ मानिन्छ। तपाईं हामी पनि यस्तो देखेमा सुल्टो पार्दछौ ।

तर किन सुल्टो पारिन्छ भन्ने हामीलाई थाहा नहुन पनि सक्छ तथापी पुस्तादेखि यहि कुरा सिकाे गर्दै आइरहेका हुन्छाै । जुत्ता चप्पल उल्टो भए यसले नराम्रो हुन्छ मात्र भनिन्छ । कतिले बाटो वा आँगनमा उल्टो जुत्ता भए साइत बिग्रन्छ भन्छन् । तर खास के हो त ?

ज्योतिष शास्त्रका अनुसार जीवनसँग सम्बन्धित हरेक वस्तुमा ग्रह जोडिएका हुन्छन् । जसमा हामीले पहिरिने जुत्ताचप्पल पनि आउँदछ । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ ।

किनकी शनी मानिसको पैतालामा रहने गर्दछ । यसकारण पनि शनीको दशा लागेको ब्यक्तिले जुत्ताचप्पल दान गर्नुपर्ने मान्यता रहेको हो । त्यसैले जुत्ताचप्पल उल्टो भए शनीको दशा लाग्ने मान्यता भए अनुसार यसलाई सुल्टो पारिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा जुत्ताचप्पल राख्ने र्‍याक उत्तरपूर्वी दिशामा फर्केको हुनुहुदैन । यस दिशामा र्‍याक फर्केमा त्यहा सूर्यको प्रकाश पर्ने भएकाले जुत्ताको कारण सकारात्मक प्रभाव कम भएर जाने गर्दछ ।

शास्त्रीय मान्यता अनुसार कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यबाट बञ्चित गर्दछ ।

उपहारमा पाएका जुत्ता व्यक्तिको करियरका लागि हानिकारक मानिन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *