संसारकै पिराे खुर्सानी, जुन खाँदा तपाईको ज्यानै जान्छ सक्छ !

इन्भेष्टाेपेपर । असाैज २४, २०७७

संसारको सबैभन्दा पिरो खुर्सानी जुन खाँदा तपाईको ज्यानै जाने खतरा छ । यस्ताे पिराे खुर्सानीकाे विकास वैल्सका माइक स्मिथ नाम गरेका किसानले यूकेकाे नटिङ्घम ट्रेन्ट यूनिभर्सिटिका बैज्ञानिकहरूकाे समन्वयनमा गरेका हुन ।

याे खुर्सानीकाे नाम ड्रयागन्स ब्रेथ राखिएकाे छ । अध्ययने भन्छ कि, याे यति शक्तिशाली छ कि यसबाट निकािएकाे एक थाेपा क्याप्सायसिन तेल २.४८ मिलियन्स थाेपा पानीमा राख्दा पनि पिराे छुट्याउन सकिन्छ ।

स्वयम् स्मिथले केवल जिब्राेकाे टुपपाेमा छुँदा उनलाइ यति पाेल्याे कि उनले १० सेकेण्ड पनि जिब्राेमा छुवाउन सकेनन् र थुक पनि निल्न सकेनन् । उनी भन्छन, यदी कसैले निल्ने प्रयास गर्छ भने मृत्युकाे कारण पनि बन्न सक्छ ।

ड्र्यागन्स ब्रेथ नाम दिइएको उक्त खुर्सानी एनेस्थेटिकको रुपमा चिकित्सा उपचारमा प्रयोग गर्नका लागि विकास गरिएको थियो किनभने उक्त खुर्सानीबाट निस्कने तेल यति धेरै शक्तिशाली हुन्छ कि यसले छालालाई चेतनाशून्य बनाइदिन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *