‘क्वार्ज क्रिस्टल’ गाेरखा दरबारमा राखिने

न्भेष्टाेपेपर । साउन ३०, २०८०

सुलीकोट ।  गत असार १४ गते गोरखा नगरपालिका–७, सतीपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ। 

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बरामद गरिएको घरका परिवारले उक्त ढुङ्गालाई कुल देवताको मानेर पूजा गर्दै आएको र यसलाई गोर्खाली जनताले पनि शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्लाबाहिर नपठाउने निर्णय भएको जानकारी दिनुभयो। 

उहाँले जनप्रतिनिधि तथा जिल्लाभित्रका संस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर उक्त ‘क्वार्ज क्रिस्टल’ लाई गोरखा दरबार परिसरभित्रै भगवती शिलाको रूपमा तत्काल विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई समेत थप आकर्षण गर्छ।”  याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *