रा.वा. बैंक कर्मचारी संघ नेपालको ३३औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न
इन्भेष्टाेपेपर । साउन ८, २०७९
काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३ औं वार्षिकोत्सब मुल कार्यक्रमकाे समुदघाटन गर्नुभयो । सो अवसरमा महासचिव पोखरेलले ट्रेड यूनियनहरुले कर्मचारीहरुको हक हित र कार्यरत संस्थालाई सबल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा का.वा.अध्यक्ष जोशीले कर्मचारीहरुको तर्फबाट जायज ढङ्गले राखिएका मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य बाबुराम थापाले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्नेे बताउनुभयो ।
सो कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका निवर्तमान अध्यक्ष हेमराज सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।
कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेयले संचालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।
