राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी

इन्भेष्टोपेपर । असार २२, २०७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बैंक संचालक समितिको आईतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिनुभएको थियो । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुनुहुन्छ ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *