इमर्जिङ्ग नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त

इन्भेष्टाेपेपर ।  साउन २३ २०७९

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णयानुसार साउन२० गते बाट नै लागू हुनेगरि उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।

मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभवभएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *