रुपन्देहीमा रविको थुनछेक बहस आजबाट

न्भेष्टाेपेपर । माघ १०, २०८१

भैरहवा । बुटवलस्थित सुप्रिम सहकारी ठगीका एक प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे रुपन्देही जिल्ला अदालतमा आज (बिहीबार) थुनछेक बहस सुरु हुँदै छ। 

बुधबार आफैँ अदालतमा हाजिर भएका लामिछानेले जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान दिए। बयान सकिएपछि रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर अदालतबाट पठाइएको थियो।

अब आज उनी सर्तअनुसार बिहान १० बजे अदालतमा उपस्थित हुने छन्।  यसपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताएका छन्। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *