यी सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने जिप्रकाकाे पुनः विज्ञप्ति
इन्भेष्टोपेपर । माघ ८, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने ललितपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
शुक्रवार राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यौल देखिएपछि शुक्रवार पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएकोे हो ।
ललितपुर जिल्ला प्रशासन कायार्लयकाे प्राप्त सूचनाअनुसार औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू हुने छैन । यस्तै, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल-तरकारी, निर्माण सामग्री बोक्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
यसैगरी, परिचयपत्रको आधारमा कर्मचारीहरू, प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारी साधनमा जोर बिजोरकाे नियम लागू हुनेछैन ।

