“रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक

इन्भेष्टोपेपर । कार्तिक १, २०७८

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना ” सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५(पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ ।

उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बिमितले १५ वा२० वर्षको अवधिका लागि लिन सक्नेछन् ।

१५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २ ० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस रबीमाङ्क रकमको १० प्रतिशत थपरकम (एक पटकको लागि मात्र) प्रदान गरिने छ ।यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने छ ।

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्ने छन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ। यो योजना संगै बिमितले थप न्यूनतम बीमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *