एकीकृत समाजवादीकाे माग अनुरूप मन्त्रिपरिषद पुनर्गठन

इन्भेष्टाेपेपर ।  असार १३ २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीकाे माग अनुरूप मन्त्रिपरिषद पुनर्गठन गर्नुभएकाे छ । प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गर्नु भएकाे हाे । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूमा नेता जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हीरा केसी हुनुहुन्छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *