पुरानो लाभांश लिन युनाइटेड इन्स्योरेन्सकाे आग्रह

इन्भेष्टाेपेपर ।  कार्तिक २४, २०७९

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश यथाशिघ्र लिन आग्रह गरेको छ ।

कम्पनीले विभिन्न आवको वार्षिक साधारण सभाबाट पारित नगद लाभांश लिन बाँकी शेयरधनीलाई लिन अनुरोध गरेको हो । नगद लाभांश लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरी लिन सक्नेछन् ।

साथै कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् मंसिर २४ गतेसम्म  भित्र नलिएमा नगद लाभांश  कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी दिएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *