दुर्घटना पछि अरनिको राजमार्गको साँगा सडकखण्ड अवरुद्ध

इन्भेष्टोपेपर । फागुन १२, २०७८

काभ्रेपलाञ्चोक । सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले आज अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् ।

बनेपाबाट साँगातर्फ मोटसाइकलमा गइरहेका बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको सवारी साधानको ठक्करबाट बुधबार राति मृत्यु भएपछि दोषी पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले आज बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका हुन् । 

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधानमा राजधानी जाने तथा काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा मध्यपहाडी क्षेत्रहुँदै पूर्वी तराई जाने यात्रु अलपत्र परेका छन् । राति १० बजेतिर एक सवारी साधनको ठक्करले तामाङको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कोइरालाले बताउनुभयो ।

रातको समयमा  ठक्कर दिनेसवारी साधानकोे खोजी कार्य भइरहेको  र अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहको उहाँले जानकारी दिनुभयो  ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *