फोहोरमा राजनीति गर्ने फोहोरी काम राप्रपाले गर्दैन : राजेन्द्र लिङ्देन

इन्भेष्टाेपेपर ।  भाद्र १ २०७९

काठमाण्डाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र  लिङ्देनले आफ्नो पार्टीले फोहोरमा राजनीति गर्ने फाहोरी काम नगर्ने बताएका छन्। 

काठमाडौं महानगरपालिकाको फोहोर ब्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारहरु आएको भन्दै त्यसमाथि उनले खण्डन गरेका छन्। 

‘काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहन्छु,’ लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राप्रपा फोहरमा राजनीति गर्ने जस्तो फोहरी काम गर्दैन।’

फोहोर बोकेका गाडीहरु अवरुद्ध गर्ने काममा राप्रपाको कुनै संलग्नता नभएको उनले बताएका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *