समाज लघुवित्तको आईपीओ भाेली शनिबार बाँडफाँड हुँदै
इन्भेष्टोपेपर । भाद्र १२, २०७७
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे जारी आईपीओ भाेली शनिवार बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भदौ १३ गते शनिबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।
लघुवित्तले भदौ ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणको लागि ८० हजार ७०० कित्ताका बिक्रीमा ल्याएको थियो ।
यसमध्ये लघुवित्तले अर्थात जारी पूँजीको ५ प्रतिशत अर्थात १ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा १४८.५६ गुणा बढी आवेदन परेको थियो । गोलाप्रथाबाट बाँडफाँड हुने उक्त शेयर भाग्यमानी ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता दरले प्राप्त गर्नेछन् भने बाकिकाे हात खाली शुनेछ । लघुवित्तको आईपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो ।
