आइपिएलमा सन्दीपको पुनरागमन : ओपनर राहुल र गेल तथा कुरानलाइ देखाए पेभेलिएनकाे बाटाे

२०७६ बैशाख ८, काठमाडाैं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल)को दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जाबबीचको खेलमा ओपनर द्वय केएल राहुल र क्रिस गेल तथा हिटर शाम कुरानलाइ पेभेलियन फर्काइ दिएका छन ।

नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा उनले ३ विकेट लिने क्रममा दोस्रो ओभर बलिङ गरेका लामिछानेले चौथोँ बलमा ओपनर केएल राहुलको विकेट लिए । १२ रन बनाएका राहुलले उनको यो ओभरको पहिलो बलमा नै छक्का हानेका थिए । यसको बद्ला लिँदै लामिछानेले चौथोँ बलमा राहुललाई विकेट किपर रिसभ पन्तबाट स्टम्पिङ गराए ।

खेलकाे चाैथाे तथा सन्दिपकाे दाेश्राे ओभर भने महंगाे सावित भयाे । जसमा क्रिस गेलले ४ वटा चाैका प्रहार गरे । खेलको तेह्रौं ओभरमा सन्दीप फेरि बलिङमा आए । यस पटक पहिलो बलमा गेलले उनलाई छक्का प्रहार गरे । यसपछि दोस्रो बलमा सन्दीपले गेललाई बाउन्ड्री नजिकै रहेका इन्ग्राम र अक्सर पटेलले संयुक्तरूपमा राेमाञ्चक क्याच आउट गराए ।

यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए । पूरा चार ओभर वलिंग गरेका सन्दीपले ४० रन खर्चेका थिए । पंजावले सात विकेटकाे क्षतिमा दिएकाे १६३ रनकाे चुनाैति दिल्लीले ५ विकेटकाे क्षतिमा १९.४ ओभरमा पूरा गर्याे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *