सानिमा बैंकद्वारा १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव
इन्भेष्टाेपेपर । भाद्र ११,२०८३
काठमाण्डाैँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले सञ्चित मुनाफाबाट हाल कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो।
बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ छ। प्रस्तावित लाभांशअनुसार साधारण सेयरधनीले कुल १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश पाउनेछन्।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन्।
सानिमा बैंकले हाल सातै प्रदेशमा रहेका १३४ कार्यालय तथा १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
