सानिमा बैंकको १९औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

न्भेष्टाेपेपर । कात्तिक २, २०८०

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २०८० कात्तिक २ गते बिहीबारका दिन १९ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
 
आर्थिक बर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *