सानिमा बैंकको ‘सानिमा फाइभ इन वन’ सेवा

न्भेष्टाेपेपर । साउन १४, २०८०

काठमाण्डौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाईभ ईन वान सेवा सार्वजनिक गरेको छ । सानिमा फाईभ ईन वान सेवा सानिमा थ्रीई ईन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ । 

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउँछ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *