सानिमा इक्विटी फण्डका लगानीकर्ताले पाउने भए १० प्रतिशत लाभांश

Investopaper, श्रावण २२, २०७६

सानिमा इक्विटी फण्डका लगानीकर्ताहरूले गत आर्थिक वर्ष २०७५/०७६ मा कर सहित १० प्रतिशत लाभांश पाउने भएका छन । सानिमा क्यापिटल लिमिटेडकाे मिति २०७६/०४/२१ गते बसेकाे संचालक समितिकाे बैठकले याे निर्णय गरेकाे हाे ।

सानिमा इक्विटी फण्ड, सानिमा म्यूच्युअल फण्ड अन्तर्गत संचालित छ । यसकाे व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गर्दै आएकाे छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो पटक निष्काशन गरेको ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फण्डले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई विक्री खुला गरेको थियाे । सर्वसाधारणबाट मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार बढाएर १३ करोड इकाई पुर्याइएको थियाे ।

अन्य कम्पनीहरूकाे थप जानकारीकाे लागि यहां क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *