सपना रोका मगर बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा

इन्भेष्टाेपेपर ।  मङ्सिर ९, २०७७

काठमाडौ । पशुपति आर्यघाटमा बेवारिसे लाश व्यवस्थापन गर्दै आउनुभएकी नेपालकी १८ वर्षीया चेली सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को १०० प्रभावशाली महिलाको सूचिमा पर्नु भएकाे छ ।

बेलायती समाचार संस्था बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । बीबीसीले समाजमा योगदान पुर्याएका, उत्प्रेरक र उदाहरणीय काम गर्ने महिलालाई यो सूचीमा समावेश गरेको हो ।  

यो सूचिमा सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत विश्वका सय जना प्रभावशाली महिलाहरू समाबेश गरिएकाछन् ।

म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आउनु भएको थियो । यहाँ आएपछि उहाँले बेवारिसे लाश जलाउने गरेको देखेपछि उहाँले पनि यही काम थाल्नु भएको हो । हालसम्म सपनाले करिव ९५ वटा बेवारिसे लाशको दागबत्ती तथा अन्तिम संस्कार गरिसकेकाे बीबीसीसंगकाे अन्तर्वार्तामा बताउनु भएकाे छ ।

सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *