दराजका विक्रेताहरूलाई नविल बैंककाे “सारथी” योजना

इन्भेष्टाेपेपर ।  मङ्सिर १०, २०७७

नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामु प्रा लिका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नविल बैंक र दराज दुबैको सहकार्यमा “सारथी” भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन्, जसअनुसार दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएकाे छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

उक्त समारोहमा नबिल बैंकका डेपुटी सीईओले यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहने बताउनु भयाे । त्यस्तै दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशकले “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित भएकाे बताउनु भयाे।

आफ्नाे अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयाेग गर्न सक्दछन्।

https://www.daraz.com.np/wow/camp/daraz/megascenario/np/campaigns/daraz-sarathi-program?hybrid=1

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *