कुखुराजत्रो सानो डाइनसोर पत्ता लागेपछि वैज्ञानिकहरू आश्चर्यमा
इन्भेष्टाेपेपर । माघ २६, २०८२
काठमाण्डाैँ । कुखुराजत्रो सानो डाइनसोर पत्ता लागेपछि वैज्ञानिकहरू आश्चर्यमा परेका छन् । उत्तरी स्पेनमा फेला परेको जीवाश्म नयाँ प्रजातिको डाइनसोरको भएको र उक्त जीवको आकार कुखुराको जत्रो हुनु पर्ने वैज्ञानिकहरूले बताएका छन्।
वैज्ञानिकहरूका अनुसार ‘फोस्केइआ पेलेन्डोनुम’ नाम दिइएको उक्त प्रजातिका डाइनसोरहरू २५-३० सेन्टिमिटर अग्ला हुन्थे। ती करौडौँ वर्षअघि (१२.५ कराेड वर्ष अघि) पृथ्वीमा विचरण गर्ने बताइएको छ।
ती साना डाइनासाेरबाट क्रमिकरूपमा विकास भएर भिमकाय रूपमा परिणत भएकाे वैज्ञानिकहरूले अनुमान लगाैका छन् ।
— बीबीसीबाट
