सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भाेली शुक्रबार बाँडफाँड हुने
इन्भेष्टाेपेपर । असाैज २९, २०७७
सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ भाेली असोज ३० गते शुक्रवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज प्रि अलोटमेण्ट गरेर भाेली शुक्रबार बाँडफाँटको तयारी रहेको छ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता यही २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो ।
यस कम्पनीको आईपीओ खरिदका लागि ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ९६ गुणा बढी हुन आउँछ । आईपीओकाे बाँडलाँड पश्चात यस कम्पनिकाे चुक्तापूँजी रू. १ अर्ब रुपैयाँ पुग्नेछ ।
