शेयर बजार वैशाख २५ गतेसम्म बन्द हुने
इन्भेष्टोपेपर । वैशाख १५, २०७७
सरकारले लकडाउनको समय वैसाख २५ गतेसम्म थप दश दिन बढाएसंगै शेयर कारोवार पनि दश दिनसम्मका लागि फेरि बन्द गरिने भएको छ ।
धितोपत्र बोर्डले सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णयसंगै शेयर बजार पनि सोही दिनसम्म बन्द गर्न नेप्सेलाई निर्देशन दिएकाे हाे ।
चैत १० गतेदेखि बन्द भएको शेयर बजार वैशाख १५ गते सोमबार सम्म बन्द हुने निर्णय गरिएको थियो । फेरि अर्को निर्णय अनुसार मंगलवारदेखि १० दिनका लागि बजार पुनः बन्द गरिने भएको हो ।
