लघुकथा : लालटिन
–लियो टल्सटाय
अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो भने टाउकोमा माटोको गाग्री बाेकेकाे थियाे।
बाटोमा एक बटुवाले सोध्यो, “ए मूर्ख, तेरो लागि के दिन, के रात ? दुवै एउटै । अनि यो लालटिन तँ अन्धालाई किन चाहियाे ?”
उसले जवाफ दियो, “यो लालटिन मेरो लागि हैन तेरो लागि जरुरी छ। रातको अँध्यारोमा मसँग ठोक्किएर तैँले मेरो माटोको यो गाग्री फुटाउलास् भनेर।”
