महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
इन्भेष्टोपेपर । असार २२, २०७८
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. कोे सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएको थियो भने तत्कालीन सुप्रिम डेभलप मेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि बटुल्नु भएको छ ।
व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययनपूरा गर्नु भएकी श्रेष्ठ Nepal Finance Institution Association / Development Banker’s Association मा लामो समयसम्म आवद्घ रहनु भएको थियो । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्श दाताको रुपमा पनि काम गर्नु भएको थियो ।
