लुम्बिनी विकास बैंकका एकैसाथ पाँच शाखा उद्घाटन
इन्भेष्टोपेपर । मंसिर २०, २०७८
काठमाणडाैँ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले मंसिर १९ गते एकसाथ थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा क्रमश ७३औँ शाखा नयाँ बानेश्वरमा, ७४औँ शाखा रुपन्देही जिल्लाकाे मणिग्राममा, ७५औँ शाखा बर्दघाटमा, ७६औँ शाखा घोराहीकाे बि.पि. चोकमा र ७७औँ शाखा कोहलपुरकाे साझा चोकमा रहेका शाखा कार्यालयहरू छन्।
यस बिकास बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गर्नु भयो । बर्दघाट शाखा को उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गर्नभयो ।
यसैगरि मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गर्नृुुृृ भयो । घोराही शाखा को उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गर्नृुुृृ भयो । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गर्नु भयो ।
हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
