गायिका मीलन नेवारको ‘हास तिमी’ बाेलकाे गीत सार्वजनिक (भिडियो सहित)

इन्भेष्टाेपेपर ।  वैशाख १९, २०७९

काठमाडौं । युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ‘हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मीलन नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार विक्रम थापाको रहेको छ।

यस गीतलाई विसन मान्धरले संगीत संयोजन गरेका हुन। कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले नै सम्पादन पनि गरेका छ्न। म्युजिक भिडियोमा सिर्जना निङलेखु र सन्तोष राई फिचर्ड छन। कुशल श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार गीता गिरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । यसअघि गीतकार गिरीको शब्दमा समावेश ‘ए पहरी फुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *