यूनाइटेड इन्स्योरेन्स एसिया स्तरकाे अवार्ड प्राप्त गर्न सफल

इन्भेष्टाेपेपर ।  वैशाख १९, २०७९

काठमाण्डाैँ । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्तरकाे 3rd Emerging Asia Insurance Conclave & Awards 2021 मा नेपालबाट Best General Insurance Company of the Year  Award बाट यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड सम्मानित भएको छ ।

उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदैँ उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय बीमा समिति, कर्मचारीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *