जानी राखाैः फेसबुकका सिइओ मार्क जुकरबर्गबारे केही रोचक कुराहरू
फेसबुकका सिइओ मार्क जुकरबर्गबारे विश्वव्यापी चर्चा हुने गर्छ । उनको सफलताको कथाबारे धेरै समाचार बनिसकेका छन् । तर, उनको जीवनका केही रोचक कुरा तपाईंलाई थाहा नभएको पनि हुन सक्छ । यी हुन्, जुकरबर्गका नौ रोचक कुराहरू ।
१. जुकरबर्गले फेसबुकको रङ निलो राख्नुको कारण उनका आँखाले रातो र हरियो रङ ठम्याउन सक्दैनन् । ‘निलो मलाई सबैभन्दा मन पर्ने रङ हो,’ उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरा आँखाले सबै खालका निला रङ सजिलै देख्छन् ।’
२. तपाईं जुकरबर्गलाई फेसबुकमा ब्लक गर्न सक्नुहुन्न ।
३. जुकरबर्ग आफूलाई नास्तिक ठान्छन् ।
४. मार्क जुकरबर्गले पहिलोपटक ‘सुवारु फोरेस्टर एसयुभी’ ब्रान्डको कार किनेर चढेका थिए ।
५. जुकरबर्गले आफ्नी श्रीमती प्रिसिला चनलाई पहिलोपटक बाथरुममा भेटेका थिए । एउटा पार्टीमा जाँदा बाथरुममा पालो कुरिरहेका वेला दुईजनाबीच भेट भएको दुवैले खुलाइसकेका छन् । अफेयर यात्रा त्यहीँबाट सुरु भएको थियो ।

६. बिहेमा प्रिसिलाले लगाएको औँठीको डिजाइन जुकरबर्ग आफैँले गरेका हुन् । औँठीको एक भागमा माणिकको घेरा छ भने अर्कोतर्फ हिरा जडान गरिएको छ ।
७. जुकरबर्ग शाकाहारी हुन् । सन् २०११ देखि उनले मासु खाएका छैनन् । उनले भनेका छन्, ‘म त्यतिखेर मासु खानेछु, जब आफैँ जनावर मार्न तयार हुनेछु ।’
८. जुकरबर्गलाई मनपर्ने म्युजिसियन डाफ्ट पंक र लेडी गागा हुन् । ९. जुकरबर्गलाई उनका साथीहरू ‘जुक’ भन्छन् भने आमाले ‘प्रिन्स्ली’ भनेर बोलाउँछिन् ।
९. जुकरबर्गलाई उनका साथीहरू ‘जुक’ भन्छन् भने आमाले ‘प्रिन्स्ली’ भनेर बोलाउँछिन् ।
- विभिन्न पत्रपत्रिकाबाट
