गीत : आँखाभित्रै आईदिउँला
-- कुल थापा
इन्द्रेनीले रङ्ग छरे, मयूर बनि नाँची दिउँला
छहारीको आश गरे, बरपिपल झै बाँचि दिउँला
सारङ्गीको धुन बजे, गुनगुनाई गाइ दिउँला
हेर्ने कतै चाह भए, आँखाभित्रै आई दिउँला ।
मायाँ तिम्रो शीत भए, किरण बनि टल्कि दिउँला
काली भए ममताको, किनार बनि पर्खि दिउँला
जीवन यात्रा गर्ने भए, टोक्मा बनि साथ दिउँला
हेर्ने कतै चाह भए, आँखाभित्रै आई दिउँला ।
हृदयमा डाहा भए, झरी बनि बर्सी दिउँला
लाग्यो भने अटसपटस, विष प्याला पिईपदिउँला
लुकामारी खेल्ने भए, घामछाँया बनि जिउँला
हेर्ने कतै चाह भए, आँखाभित्रै आई दिउँला ।
कुल थापा
भैरहवा
२०४१/४/१२
