गीत : जिन्दगी
— साहित्य प्रेमी राधा
पसिनाको सागर पार किनार, तार्नु हो जिन्दगी
आँसु लुकाइ खल्लो हाँसो, बाँड्नु हो जिन्दगी ।।
अनगिन्ती लाखौं प्रहार मुटुमा, बार्नु हो जिन्दगी
जित उस्को हार आफ्नु, स्विकार्नु हो जिन्दगी ।।
फुल बनेर समर्पण पत्थरमा, झार्नु हो जिन्दगी
ती आफ्नै बाट धोका खाइ, खार्नु हो जिन्दगी ।।
पीडा सहि एकदिन सन्सार, छाड्नु हो जिन्दगी
आँसु लुकाइ खल्लो हाँसो, बाँड्नु हो जिन्दगी ।।
