प्राय: युवतीहरु किन पाकाे उमेरकाे पुरुषसंग आकर्षित हुन्छन् ?

इन्भेष्टाेपेपर ।  असाैज १७, २०७९

हरेक महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खालको होस् भन्ने चाहान्छन । त्यसैले महिलाहरु आफुभन्दा अलि बढी नै उमेर भएको पुरुषलाई मन पराउने गर्दछन । तर कोहि महिला भने बिहे भएको पुरुषलाई समेत मन पराउने गर्दछन ।

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुने गर्दछन्। खासमा पुरुषले आफूभन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफूभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ ।

१. सुरक्षित : केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२. समझदारी : महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाई महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

३. दुनियाँको ज्ञान : पाको उमेरका पुरुषमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४. शान्ति महसुस् : महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाई हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५. धोका नदिने : कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटेसम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६. अनुभवी : महिलाहरुलाई यस्ताे पुरुष चाहिन्छ जो अनुभवी हाेस । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

७.जीवनकाे स्पष्ठ लक्ष तथा दिशा : महिलाहरू प्राय: पुरुषहरूभन्दा बढी परिपक्व हुन्छन् र उनीहरूले आफ्नो परिपक्वताको स्तरसँग मेल खाने र सम्बन्धमा उनीहरूको भावनात्मक आवश्यकताहरू पूरा गर्नसक्ने व्यक्ति खोज्छन्। 

जीवनमा के चाहनुहुन्छ भनि सोध्नुभयो भने, कलिलाे उमेरकाे केटाले खाली अभिव्यक्तिको साथ अक्क न बक्क भै हेरिरहनेछ वा राेमान्टिक अपरिपक्व जवाफ दिन सक्छ। यही प्रश्नमा एक पाकाे मानिसबाट अन्तरदृष्टिपूर्ण जवाफ पाउन सकिन्छ। उसले आफ्नो क्यारियर, उद्देश्यहरू, सम्भावनाहरू, लक्ष्यहरू र दिशाको बारेमा परिपक्क जवाफ दिन सक्छ।

यो स्पष्टता र परिपक्वता युवा महिलाहरु बूढा पुरुषहरुको लागी आकर्षणको एक प्रमुख कारण हो। वृद्ध पुरुषहरू लक्ष्य र दिशाद्वारा संचालित हुन्छन्, जसले गर्दा युवा महिलाहरू उनीहरूप्रति आकर्षित हुन्छन्।  
८.प्रतिबद्धतासँग डराउँदैनन् : युवा पुरुषहरूले प्रायः सम्बन्धमा प्रतिबद्धताकाे अभाव वा समस्याहरूका संकेतहरू प्रतिबिम्बित गर्छन् र तिनीहरूसँग व्यवहार गर्नु अत्यन्तै भावनात्मक रूपमा जाेखिम अनुभव हुनसक्छ। 

यसको विपरित, पाका पुरुषहरू जीवनको एक चरणमा छन् जहाँ तिनीहरू अर्थपूर्ण दीर्घकालीन सम्बन्ध निर्माण गर्न र आफूले मन पराउने व्यक्तिसँग बसोबास गर्न डराउँदैनन्। तिनीहरू प्रतिबद्धतासँग डराउँदैनन्, जसले एक जवान महिलालाई सम्बन्धमा अझ सुरक्षित महसुस गराउँछ।

९.मनले जे चाहन्छ त्यही चाहन्छ : माथिका सबै मनाेविज्ञानले काम गर्न थालेपछि एक जवान केटीले एक बुढाे केटासँग डेटिङ गर्छ, उसको उमेरसँग कुनै सरोकार हुँदैन। हामी भन्दछौ कि माया अन्धो हुन्छ र मनले जे चाहन्छ त्यही चाहन्छ। अनुकूलता र साेँच मिल्दै गएपछि विवाह बन्धनमा बाधिनु कुन ठूलाे कुरा भयाे र ? 

-- एजेन्सीकाे सहयाेगमा
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *