ज्योति विकास बैंकका ग्राहकहरुलाई ४ रेस्टुरेन्टहरुमा विशेष छुट

न्भेष्टाेपेपर । असाेज १४, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित “Achar Ghar”, दरबारमार्गस्थित “Mahotsav Restaurant & Bar”  हात्तीसारस्थित “Nepal House Restaurant & Bar” तथा कमलादीस्थित “Cafe Lion Heart Tandoori Kitchen” मा  बैंकका ग्राहकहरूले १०% सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, ग्राहकहरूले एक वर्षको अवधिसम्म यी प्रतिष्ठित रेस्टुरेन्टहरूमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ उठाउन पाउनेछन्।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *