मानुषी लघुवित्तकाे विशेष साधारण सभा सम्पन्न, मर्जरकाे प्रस्ताव पारित

न्भेष्टाेपेपर । माघ ७, २०८०

काठमाण्डाैँ । मानुषी लघुवित्तकाे विशेष साधारण सभा सम्पन्न भएकाे छ । साधारण सभाले मर्जरकाे प्रस्ताव पारित गरेकाे छ ।

मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् ।

सभाले ७३ः १०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो ।

सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *