प्रभु क्यापिटलका हितग्राही ग्राहकको लागि विशेष अफर
इन्भेष्टाेपेपर । भाद्र १ २०७९
काठमाण्डाैँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा भएकाे समझौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले BILL Payment गर्दा PROMO CODE मा “PRABHUCAP10” उल्लेख गर्नु पर्नेछ ।
यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर राेड हाउस पिज्जा, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
