प्रदेश सभा : बझाङ १(१) मा एमालेका भण्डारी विजयी

न्भेष्टाेपेपर । वैशाख १७, २०८१

बझाङ ।  प्रदेश सभा अन्तर्गत बझाङ १(१) मा भएकाे उपनिर्वातनमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।

उहाँले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी हुनुभएको हो । भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।  

यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गर्नुभएको छ । भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ता तथा शुभेच्छुकले विजयी उत्सव मनाउन सुरु गरेका छन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *