योगी नरहरिनाथको शालिक अनावरण

इन्भेष्टोपेपर । पुष ३०, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी  नरहरिनाथको शालिक अनावरण गरिएको हो ।

झापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा, नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँलगायतले शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरणसँगै कोटी हवन शान्ति कलश  स्तम्भसमेत शिलान्यास गरिएको छ ।

पानीको फोहोरासहितको आकर्षकस्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो । योगीको अर्धकदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य  गर्नुभएको हो । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि सङ्घीय सांसद साँवाबाट प्राप्त रु ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटीहोम परिसरमा चाँडै क्यामेरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *