सर्पको जिब्रो दुई भागमा काटिएको बारे राेचक कथा !

इन्भेष्टोपेपर । भाद्र ११, २०७७

सर्पको जिब्रो २ भागमा काटिनुको ठूलो रहस्य छ। जसबारे महाभारतमा उल्लेख छ। महर्षि वेदव्यास द्वारा लिखित महाभारतमा सर्पको जिब्रोसँग जोडिएको रोचक कथा छ। महाभारत अनुसार, महर्षि कश्यपकी १३ वर्षीया पत्नी थिइन्। यीमध्ये कद्रू पनि एक थिइन्। सबै नाग कद्रूका सन्तान हुन्।

महर्षि कश्यपकी एक अर्की पत्नी थिइन्, जसको नाम थियो, विनता। जसको पुत्र पक्षीराज गरुड हुन्। एक पटक महर्षि कश्यपका दुई पत्नी कद्रू र विनताले एक सेतो घोडा देखे। घोडा देखेर कद्रूले भनिन्, ‘यो घोडाको पुच्छर कालो छ।’ र, विनताले घोडाको पुच्छर सेतो रहेको बताइन्। यो विषयमा दुबैले शर्त लगाए।

कद्रूले आफ्ना नाग छोरासँग भनिन् कि तिमीहरु आफ्नो आकार सानो बनाएर घोडाको पुच्छरमा लुक। जसले गर्दा घोडाको पुच्छर कालो देखियोस् र म शर्त जित्नेछु। त्यतिखेर उनका नाग छोराहरुले आमाले भनेको मानेनन्। त्यसपछि कद्रूले आफ्ना छोराहरुलाई श्राप दिइन्, तिमीहरु राजा जनमेजयको यज्ञमा भष्म हुनेछौ। श्राप पश्चात सबै नाग पुत्र आफ्नी माताले भनेझैँ सेतो घोडाको पुच्छरमा लुके। जसकारण घोडाको पुच्छर कालो देखियो।

शर्त हारेपछि विनता कद्रूकी दासी बनिन्। जब विनताका पुत्र गरुडले थाहा पाए कि माता दासी बनेकी छिन्। र, उनले कद्रू र उनका नाग पुत्रसँग सोधे। तिमीहरुले त्यस्तो के चिज ल्याएर दिउँ, जसले मेरी माता तिमीहरुको दासत्वबाट मुक्त हुन्छिन्। तब नाग पुत्रले भने, ‘तिमी हाम्रा लागि स्वर्गबाट अमृत ल्याएर देउ, त्यसपछि तिम्री माता हाम्री माताको दासत्वबाट मुक्त हुनेछिन्।नागपुत्रले भनेझैँ गरुडले स्वर्गबाट अमृत कलश ल्याएर कुश (एक प्रकारको धारिलो घाँस) मा राखिदिए। उनले सबै नागलाई भने कि अमृत पिउनु अघि स्नान गरेर आऊ।

गरुडले भनेपछि सबै नाग स्नान गर्न हिँडे। तर, यसबीचमा देवराज इन्द्र त्यहाँ आए र अमृत कलश लिएर फेरि स्वर्ग हिँडे। सबै नाग स्नान गरेर आउँदा कुशमा अमृत कलश छैन। त्यसपछि नाग अमृत कलश राखिएको ठाउँको घाँस नै चाट्न थाले। उनीहरुलाई लाग्यो थोरै भएपनि अमृतको अंश खसेको होला। तर, पनि अमृतको प्राप्ति भएन। तर, घाँस चाट्दा जिब्रोको २ टुक्रा भए।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *