विद्यार्थीद्वारा त्रिविकाे उपकुलपति कार्यालयमा तोडफोड

इन्भेष्टाेपेपर ।  असार २८, २०७९

काठमाडौँ ।  परीक्षा सञ्चालनक्रममा लापरबाही गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वमा गएका विद्यार्थीले तोडफोड गरेका हुन् । उनीहरूले उपकुलपति कार्यालयभित्र पसेर कुर्सी, सोफा तथा टेबुल फुटाइदिएका छन् । आक्रमणबाट झ्यालका केही सिसा पनि फुटेका छन् । 

बिहान कार्यालय खुल्नेबित्तिकै विद्यार्थी उपकुलपतिको कार्यालय प्रवेश गरेका थिए । बिनाजानकारी कार्यालय प्रवेश गरेर उनीहरू तोडफोडमा उत्रेका थिए । त्यतिखेर उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटा कार्यालयमा उपस्थित हुनुहुन्नथ्यो । 

त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन जानेक्रममा बाटोबाटै प्रहरी लगाएर पक्राउ गर्न लागेपछि आक्रोशित विद्यार्थीले तोडफोड गरेको दाबी गर्नुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *