सनराइज् क्यापिटलको शैक्षिक पहलः नेपालको पूँजी बजारमा युवा सशक्तिकरण

न्भेष्टाेपेपर । भाद्र २६, २०८०

काठमाण्डाैँ । सनराइज क्यापिटल लिमिटेडले हालै आकांक्षी युवा तथा बिद्यार्थीहरूलाई पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक महत्वाकांक्षी शैक्षिक पहल शुरू गरेको छ।

देश भरीका विद्यार्थी वर्गमा लक्षित गरि प्रत्येक प्रदेशमा यस साक्षरता अभियान पु¥याउन, लगानीकर्तालाई सशक्तिकरण गर्न तथा वित्तीय साक्षरता अभिवृद्धी गर्ने उद्देश्यका साथ सनराइज क्यापिटलले धनगढीमा अवस्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) मा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममा २०० भन्दा बढी उत्साही विद्यार्थी र संकायहरूले भाग लिएका थिए जसले कार्यक्रम सत्रहरूमा अत्यधिक अन्तरक्रियात्मक र सहयोगी थिए।

सनराइज क्यापिटल लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङका विभागिय प्रमुख बिनोद आलेले पूँजी बजारका विभिन्न कार्यात्मक पक्षहरू जस्तै डिम्याट खाता र यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, सल्लाहकार सेवा र धेरै आधारभूत आवश्यक विषयहरूमा विस्तृत अन्तर्दृष्टि प्रदान गर्नुभयो।

यसैगरि बीटा एनालिटिक्स प्रालिका बिक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजित तथ्यात्मक तथ्याङ्कयुक्त प्रशिक्षण सत्र मार्फत सहभागिहरूलाई जानकारी गराउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थी र युवा व्यक्तिहरूलाई उनीहरूको प्रश्नहरूको पर्याप्त रूपमा सम्बोधन गर्न र पूँजी बजारमा निहित विभिन्न अवसरहरू र जटिलताहरूको बारेमा जानकारी गराउन शिक्षित र प्रबुद्ध बनाउन कार्यक्रमलाई सावधानीपूर्वक तयार गरिएको हो। सनराइज क्यापिटलले यस्तै शिक्षा सञ्चालनमा निरन्तर लागिरहेको घोषणा गर्दै कार्यक्रमको समापन भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *