पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्षमा पौडेल

न्भेष्टाेपेपर ।  भदाै  २१, २०८२

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त हुनुभएकाे छ ।

उहाँलाई शुक्रबार बसेकाे अर्थमन्त्रीस्तरीय निर्णयले ४ वर्षका लागि अध्यक्ष बनाइएको हो । पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक हुनुहुन्थ्याे । 

२०७१ फागुनदेखि ०७५ पुस १८ सम्म उदयपुर सिमेन्ट उद्योगमा कार्यकारी प्रमुखमा भै काम गर्नु भएका पौडेलले ३० प्रतिशत क्षमतामा सञ्चालित उद्योगलाई ५० प्रतिशत क्षमतामा सञ्चालनगरी २ वर्षमा सिमेन्ट उद्योगले १४ करोड नाफा कमाएको थियो ।

पाैडेल ०७५ पुस २३ देखि २०७८ पुस २२ सम्म नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्नुभएकाे थियाे । पौडेलकै पालामा मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *