प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त
Investopaper, कार्तिक ३०, २०७६
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. कुन्दन अर्यालले प्रेस सल्लाहकारबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।
यसअघि भूपू प्रधानमन्त्री झलनाथ खनालको पालामा पनि थापा प्रेस सल्लाहकारका रूपमा हुनुहुन्थ्याे । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुनुहुन्छ ।
